images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबारको कारोबारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले वृद्धि भई २ लाख ५० हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images

    यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको थियो। यसरी सुनको मूल्य लगातार वृद्धि हुँदै जाँदा उपभोक्ता माथि थप आर्थिक भार पर्न थालेको व्यवसायीहरू बताउँछन्।

    सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    images
    images

    विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, डलरको भाउ, र लगानीकर्ताको बढ्दो आकर्षण जस्ता कारणले सुनचाँदीको मूल्यमा वृद्धि भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend