काठमाडौँ । असोज २९, नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ४० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपालमा सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाइमा पुगिरहेको छ, जसले गर्दा सुनका कारोबार र गरगहना किन्ने उपभोक्तामा प्रत्यक्ष असर परेको छ। लगातार बढ्दो मूल्यका कारण सुनमा लगानी गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा ८५ रुपैयाँले कम हो। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३२५ रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा देखिएको यो उतारचढावले बजारमा चासो थपिएको छ। आर्थिक विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएका उतारचढाव, मुद्रा विनिमय दर, र माग आपूर्तिको असन्तुलनका कारण मूल्य परिवर्तन भइरहेको हो।




.gif)





