images

२०८३ आश्विन १८ गते

images
images
images

भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे लगाउन उत्तम साइत मानिएको छ।

    images
    images

    ढकालले जनाए अनुसार यमपञ्चकको आरम्भ कात्तिक १ गते शनिबारबाट हुने छ। सो दिनदेखि यमदीप दान सुरु गरिनेछ भने धन त्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन मनाइनेछ।

    कात्तिक २ गते आइतबार काग तिहार तथा धनवन्तरी जयन्ती परेको छ। कात्तिक ३ गते सोमबार बिहान नरक चतुर्दशी स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइनेछ। उक्त दिन दिउँसो २ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी रहनेछ र त्यसपछि औंशी तिथि लाग्ने भएकाले पर्वहरू सोही अनुसार तोकिएको समितिले जनाएको छ।

    images
    images

    औंशी तिथिमा गरिने स्नान र दान भने कात्तिक ४ गते मंगलबार बिहान सम्पन्न गर्नुपर्ने समितिको भनाइ छ। औंशी तिथि सो दिन दिउँसो ४ः२९ बजेसम्म रहनेछ।

    शास्त्रीय विधिअनुसार भाइटीका तथा नेवार समुदायमा मनाइने किजा पूजा कात्तिक ६ गते बिहीबार नै मनाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend