images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि,...

नेपाली बजारमा सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि, रेकर्ड ब्रेक

नेपाली बजारमा सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि, रेकर्ड ब्रेक

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, नेपाली सुनचाँदी बजारमा आज ऐतिहासिक उछाल देखिएको छ। असोज २८ गते, मंगलबारको दिन सुन र चाँदी दुबैको मूल्यमा भारी वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ रहेको थियो। एकैदिनमा ८ हजार १०० रुपैयाँको उल्लेखनीय वृद्धि हुँदै सुनले नयाँ उचाइ कायम गरेको हो।

    त्यस्तै, चाँदीको मूल्यमा पनि ऐतिहासिक वृद्धिदेखिएको छ। आज चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको ३ हजार २२० रुपैयाँको तुलनामा १०५ रुपैयाँले बढी हो। यो वृद्धिले चाँदीको मूल्यलाई समेत नयाँ कीर्तिमानमा पुर्‍याएको छ।

    images
    images

    पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागको वृद्धिलगायतका कारणले नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।

    विश्लेषकहरूको भनाइ अनुसार आगामी दिनमा पनि मूल्य अझै चुलिन सक्ने सम्भावना छ, जसले उपभोक्ता र लगानीकर्ताहरू दुबैका लागि प्रभाव पार्ने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend