images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा नेप्से परिसूचक ४४ अंकले...

सेयर बजारमा नेप्से परिसूचक ४४ अंकले उकालो

सेयर बजारमा नेप्से परिसूचक ४४ अंकले उकालो

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, साताको दोस्रो दिन सोमबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ। अघिल्लो दिन ३.०५ प्रतिशतले घटेको बजार आज भने १.७६ प्रतिशतले उकालो लागेको हो। नेप्से सूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ।

    images
    images

    ‘क’ वर्गका कम्पनीहरूको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१४ अंकले उकालो लाग्दै ४४४.५४ विन्दुमा पुगेको छ। आज सेयर बजारका १३ वटै उपसूचकहरू हरियाली देखिए।

    २०० वटा कम्पनीको सेयर मूल्यमा बृद्धि हुँदा ४४ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा उत्साहजनक बृद्धि देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ।

    images
    images

    अघिल्लो दिन ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको बजारमा आज करिब ५ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ। सोमबार ३३० कम्पनीका ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४८ हजार ८३६ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ पुगेको छ।

    आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसले बजारमा लगानीकर्ताको मनोबल बढेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend