images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • युवा आन्दोलन र राजनीतिक अस्थिरतापछि पूँजी...

युवा आन्दोलन र राजनीतिक अस्थिरतापछि पूँजी बजारमा असर, ब्रोकर संघको संयमता आग्रह

युवा आन्दोलन र राजनीतिक अस्थिरतापछि पूँजी बजारमा असर, ब्रोकर संघको संयमता आग्रह

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, असोज २३ र २४ गते देखिएको जेनजी युवा आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारमा प्रत्यक्ष असर पारेको भन्दै धितोपत्र ब्रोकर संघ नेपालले लगानीकर्ताहरूलाई संयमित रहन आग्रह गरेको छ।

    images
    images

    संघका अध्यक्ष सागर ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा हालको अन्तरिम सरकारले शान्ति सुरक्षा, आर्थिक स्थायित्व तथा पूँजी बजार सुधारका क्षेत्रमा उल्लेखनीय काम अघि बढाएको दाबी गरिएको छ।

    विज्ञप्तिअनुसार सरकारले पूँजी बजार सुधार सुझाव समिति गठन गरी आवश्यक सुझावहरू संकलन गरिसकेको छ, र ती सुझावका आधारमा नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डमार्फत सुधारका कदमहरू कार्यान्वयनमा ल्याइँदैछन्।

    images
    images

    संघका अनुसार पूँजी बजार सुधारसँग सम्बन्धित लगानीकर्ताहरूका प्रमुख मागहरू मध्ये धेरैजसो प्रक्रिया अघि बढिसकेको छ भने केही कार्यान्वयनको चरणमा छन्।

    साथै, ब्रोकर संघले आन्दोलनका कारण देखिएको अल्पकालीन नकारात्मक प्रभावलाई सामान्य बताउँदै समग्र अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको उल्लेख गरेको छ। संघका अनुसार बैंकहरूको व्याजदर, वित्तीय तरलता, विदेशी मुद्रा सञ्चिति तथा मूल्यवृद्धि जस्ता प्रमुख आर्थिक सूचकहरूमा क्रमशः सुधार देखिएको छ।

    संघले लगानीकर्ताहरूलाई बजारमा फैलिने अनावश्यक अफवाह वा अलमलमा नपर्न आग्रह गर्दै, यथार्थ मूल्याङ्कनका आधारमा संयमित र दीर्घकालीन सोचसहित लगानी गर्न सुझाव दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend