images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • नर्सिङको पारिश्रमिक सरकारी सरह दिन मन्त्रालयको...

नर्सिङको पारिश्रमिक सरकारी सरह दिन मन्त्रालयको निर्देशन

नर्सिङको पारिश्रमिक सरकारी सरह दिन मन्त्रालयको निर्देशन

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक र निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी मापदण्ड भन्दा नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ।

    images
    images

    मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यसअघि पनि यस्तो निर्देशन दिइसकिए तापनि कतिपय संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएको जनाउँदै पुनः पत्राचार गरिएको जानकारी दिए।

    नर्सिङ र स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक पाउनु उनीहरूको हक हो। कतिपय अस्पतालहरूमा सरकारले तोकेको पारिश्रमिक भन्दा कम दिइएको भन्ने गुनासोहरू आएका छन्, उनले भने।

    images
    images

    हालै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग राख्दै आन्दोलनरत छन्। मन्त्रालयले यस सन्दर्भमा तोकिएको समयभन्दा बढी काम गराएमा अतिरिक्त भत्ताको व्यवस्था गर्नसमेत सम्बन्धित संस्थाहरुलाई निर्देशन दिएको छ।

    त्यसैगरी, मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई करार (contract) प्रणालीमा कर्मचारी राख्नुपर्ने, ज्यालादारी (daily wage) प्रणालीमा स्वास्थ्यकर्मीहरूलाई कार्य गर्न नदिने, र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइने स्पष्ट निर्देशन दिएको छ।

    मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन समेत आग्रह गरेको छ, जसले पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend