images

२०८३ आश्विन १६ गते

images
images
images

प्रहरीद्वारा बोर्डका सञ्चालक रेस्क्यु

प्रहरीद्वारा बोर्डका सञ्चालक रेस्क्यु

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, नेपाल धितोपत्र बोर्ड (सेबोन) का सञ्चालकहरूलाई आईतबार साँझ प्रहरीले रेस्क्यु गरेको छ। दिउँसो ३ः०० बजेदेखि बोर्ड कार्यालयमा घेराउ गरी राखेका लगानीकर्ताले राति १०ः०० बजेसम्म सञ्चालकहरूलाई बाहिर निस्कन दिएका थिएनन्।

    images
    images

    प्रहरीले सञ्चालकहरूलाई आफ्नो सवारी साधनमा राखेर सुरक्षित स्थानमा पुर्‍याएको हो। सञ्चालकहरू रेस्क्यु भएपछि लगानीकर्ताहरूले आफूहरूको आन्दोलन स्थगन गरेका छन्।

    शेयर बजार सुधारका लागि गठित कार्यदलले दिएको सुझाव तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै लगानीकर्ताहरूले बोर्ड कार्यालयमा उपस्थित सञ्चालकहरूलाई घेराउ गरेका थिए। उनीहरूको भनाइमा, सेबोनले सुधारका विषयमा कुनै ठोस कदम नचालेकाले दबाब दिन यस्तो कदम चालिएको हो।

    images
    images

    आईतबार साँझ बोर्डको बैठक बसेको थियो, जसमा नयाँ सञ्चालकहरूको स्वागत गरिएको थियो। साथै, बोर्डका कर्मचारीहरूले चलाइरहेको आन्दोलन र अर्थ मन्त्रालयबाट आएको निर्देशन माथि छलफल भए पनि कुनै निर्णय भने गरिएन। बोर्डले पूर्व निर्णयहरू अध्ययन गरी अर्को बैठकमा निष्कर्ष निकाल्ने जनाउँदै बैठक टुंग्याएको थियो।

    बैठकपछि बाहिर निस्कन खोजेका सञ्चालकहरूलाई लगानीकर्ताले रोक्दै कार्यदलको सुझाव तत्काल लागू गर्नुपर्ने अडान राखे। लगानीकर्ताहरूले भने, हामीलाई कर्मचारीको आन्दोलनसँग सरोकार छैन, हाम्रो माग सुधार सुझाव कार्यान्वयन हो।

    स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हस्तक्षेप गर्नुपरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend