images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • ९०.७३ अंकले घट्यो सेयर...

९०.७३ अंकले घट्यो सेयर बजार

९०.७३ अंकले घट्यो सेयर बजार

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । 

    images
    images

    बुधबारको कारोबारमा बजार ९०.७३ अंकको गिरावट आएको हो । योसँगै बजार मापक २७३९.४६ विन्दुमा कायम छ । साताको पहिलो कारोबार दिनमा ५३ अंकले घटेको बजार दोस्रो कारोबार दिनमा भने १२७ अंकले बढेको थियो । यस्तै, मंगलबार बजार ६ अंकले बढेको थियो । 

    उच्च अंकले बजार घट्दा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २१३ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त तथा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images

    यस दिन १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिद–बिक्री भएको छ । ९० अंकले बजार घट्दा सम्पूर्ण उपसूचक समूह राताम्मे देखिएका छन् । बुधबार फाइनान्स समूह ५.१५ प्रतिशत, होटेल तथा पर्यटन समूह ४.४७ प्रतिशत, अन्य समूह ३.७८ प्रतिशत, लगानी समूहले ३.५६ प्रतिशत सेयर मूल्य गुमाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend