images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • रोकिएन सेयर बजारको पहिरो, नेप्से परिसूचक...

रोकिएन सेयर बजारको पहिरो, नेप्से परिसूचक ७८.८३ अङ्कले घट्दै २५०३.५३ मा झर्‍यो

रोकिएन सेयर बजारको पहिरो, नेप्से परिसूचक ७८.८३ अङ्कले घट्दै २५०३.५३ मा झर्‍यो

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, नेपाली सेयर बजारमा आइतबार पनि गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक ७८.८३ अङ्कले घटेर २५०३.५३ विन्दुमा झरेको छ। पछिल्लो साता झन्डै ८० अङ्कको गिरावट भोगेको बजारले पुनः गिरावटको यात्रा दोहोर्याएको हो।

    images
    images

    कारोबारको सुरुवातदेखि नै बजारमा तीव्र गिरावट देखिएको थियो। पहिलो दुई घण्टामा बजार झन्डै ८७ अङ्कले ओरालो लागेर २४ सयको सीमा सम्म पुगेको थियो। यद्यपि, अन्तिम दुई घण्टामा केही सुधार आएर परिसूचक २५ सयभन्दा माथि रहेर बन्द भएको छ।

    आजको दिन सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र (४.८४%) र अन्य समूह (४.७९%) मा गिरावट आएको छ। फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ। म्युचुअल फन्ड समूह भने तुलनात्मक रूपमा कम मात्र ०.९९ प्रतिशतले घटेको छ।

    images
    images

    आज कुनै कम्पनीमा नकारात्मक सर्किट लाग्न नसक्दा पनि ३५ कम्पनीका सेयर मूल्यमा ५५ भन्दा धेरैको गिरावट देखिएको छ। यता, नेपाल माइक्रो इन्स्योरेन्स भने ६.०१ प्रतिशतले उकालो लाग्दै मूल्य वृद्धिको अगुवाईमा देखिएको छ।

    आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स (३८ करोड), एनएलजी इन्स्योरेन्स (३७ करोड) र युनियन हाइड्रोपावर (३६ करोड रुपैयाँ) रहेका छन्।

    सेयर बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ता माझ चिन्ता थपिएको छ। विश्लेषकहरूले बजार सुधारका लागि लगानीकर्ताले धैर्य राख्नुपर्ने सुझाव दिँदै आर्थिक तथा राजनीतिक स्थिरताको आवश्यकता औंल्याएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend