images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ।

    images
    images

    यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेको थियो। मूल्य वृद्धिसँगै सुन बजार फेरि सक्रिय हुँदै गएको व्यवसायीहरू बताउँछन्।

    यसैगरी, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ३ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी, आज ३ हजार १ सय २५ रुपैयाँ पुगेको छ।

    images
    images

    सुन र चाँदी दुवैको मूल्यमा आएको यो वृद्धिले उपभोक्ताको खर्चमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। विश्वबजारमा भइरहेको उतारचढाव र स्थानीय माग आपूर्ति समेतले नेपाली बजारमा धातुको मूल्य निर्धारणमा प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend