images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • जुम्लामा पर्याप्त नुन मौज्दात, दसैँ अवधिमा...

जुम्लामा पर्याप्त नुन मौज्दात, दसैँ अवधिमा ५४६ क्विन्टल नुन बिक्री

जुम्लामा पर्याप्त नुन मौज्दात, दसैँ अवधिमा ५४६ क्विन्टल नुन बिक्री

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । असोज २५, साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जुम्ला जिल्लामा हाल पर्याप्त मात्रामा नुन मौज्दात रहेको जनाएको छ। कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाका अनुसार, जिल्लाभर करिब ६ हजार क्विन्टल नुन मौज्दात रहेको छ।

    images
    images

    चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा डिपोमा ५,५०० क्विन्टल, नराकोट डिपोमा १,५०० क्विन्टल र गुरुचौर डिपोमा १,३०० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ।

    थापाका अनुसार, “जिल्लामा नुनको कुनै अभाव छैन, सबै स्थानीय तहमा माग अनुसार वितरण भइरहेको छ।” दसैँ अवधिमा मात्रै ५४६ क्विन्टल नुन बिक्री भएको जनाइएको छ।

    images
    images

    यस वर्ष जिल्लाको नुनको कोटा अघिल्ला वर्षको तुलनामा वृद्धि भएको हुँदा वितरण प्रक्रिया पनि सहज भएको प्रमुख थापाले जानकारी दिए।

    सदरमुकाम खलङ्गा सहित तीनै डिपोमा कोटा अनुसार नुन ढुवानी भइरहेको छ भने सबैभन्दा बढी नुन चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले लिने गरेका छन्।

    स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि उपभोक्ता सन्तुष्ट रहेको कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend