images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेपाल धितोपत्र बोर्डमा अर्थ मन्त्रालयले नयाँ...

नेपाल धितोपत्र बोर्डमा अर्थ मन्त्रालयले नयाँ प्रतिनिधि पठायो, महेश बराल फिर्ता

नेपाल धितोपत्र बोर्डमा अर्थ मन्त्रालयले नयाँ प्रतिनिधि पठायो, महेश बराल फिर्ता

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । असोज २५, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यका रूपमा आफ्नो प्रतिनिधिमा परिवर्तन गरेको छ। मन्त्रालयले महेश बराललाई फिर्ता बोलाउँदै मन्त्रालयका सिनियर सहसचिव उत्तर खत्रीलाई नयाँ प्रतिनिधिका रूपमा बोर्डमा पठाएको हो।

    images
    images

    पछिल्लो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका रामेश्वर खनालले पदभार सम्हालेपछि बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा सरुवा गरिएको थियो। बरालमाथि पूँजी बजारमा बिचौलियालाई सहयोग पुग्ने किसिमले काम गरेको आरोप लाग्दै आएको छ। यही कारण उनलाई धितोपत्र बोर्डको सञ्चालक पदबाट पनि हटाइएको स्रोतले जनाएको छ।

    नेपाल धितोपत्र बोर्ड पूँजी बजार नियमन गर्ने निकाय हो। बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। नयाँ प्रतिनिधिका रूपमा पठाइएका सहसचिव उत्तर खत्रीले भने अहिलेसम्म बोर्डको बैठकमा उपस्थिति जनाएका छैनन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend