images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध,काठमाडौँ...

विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध,काठमाडौँ महानगरपालिका

विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध,काठमाडौँ महानगरपालिका

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो तिहार पर्वमा विदेशबाट अवैध रूपमा आयात गरिएका फूलमालाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

    images
    images

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नेपाली किसानको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए। उनले कात्तिक १ देखि ६ गतेसम्म काठमाडौँका ३२ स्थानमा स्वदेशी फूल बिक्री केन्द्र स्थापना गरिने बताए।

    “अवैध रूपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो,” पाण्डेले भने, “विदेशबाट अवैध रूपमा ल्याइएका फूल जफत गरिनेछ।”

    images
    images

    यी स्थानहरूमा पाइनेछ स्वदेशी फूलमालाःमहानगरले नयाँबानेश्वर, शङ्खमुल, चाबहिल, स्वयम्भू, कालिमाटी, कलङ्की, बालुवाटार, सुन्धारा, अनामनगर, हाँडीगाउँ, सामाखुशी, महाराजगञ्ज, गोङ्गबु, पुतलीसडक, नयाँबसपार्क लगायतका ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गर्ने जनाएको छ।

    स्वदेशी फूलको खपत क्षमता पर्याप्त,नेपाल चेम्बर अफ कमर्श अन्तर्गत कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले विगत तीन वर्षदेखि काठमाडौँ महानगरको समन्वयमा स्वदेशी फूल प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

    नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारका लागि अनुमानित ४० लाख माला आवश्यक पर्ने भए पनि नेपाली उत्पादनले सो आवश्यकता पूर्ति गर्न सक्ने बताए।

    एसोसिएसनले असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend