काठमाडौँ । असोज २४, आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो।
उता चाँदीको मूल्य भने ६० रुपैयाँले बढ्दै कीर्तिमानी मूल्यमा पुगेको छ। आज चाँदी तोलामा ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागको आधारमा सुनचाँदीको मूल्यमा यस्तो हेरफेर हुने गरेको छ।




.gif)





