images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, शिवश्री हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिनका लागि आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर भदौ १९ गतेदेखि बिक्री खुला गरेको थियो।

    images
    images

    यस हकप्रद शेयरका लागि साउन १६ गते बुक क्लोज मिति तोकिएकाले, साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार गरी कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

    लगानीकर्ताहरूले सिटिजन्स क्यापिटल लिमिटेड तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका विभिन्न शाखाहरूबाट वा अनलाइन प्रणाली ‘मेरो शेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन्।

    images
    images

    यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने नेपाल धितोपत्र बोर्डले साउन ४ गते यसका लागि स्वीकृति दिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend