images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलोपटक...

साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलोपटक सकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलोपटक सकारात्मक सर्किट

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिलोपटक सकारात्मक सर्किट लागेको छ। आजको कारोबार प्रारम्भ भएको तीन मिनेटमै नेप्से सूचकांक ४ प्रतिशतले उकालो लागेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि बजार कारोबार स्थगित भएको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डले हालै लागू गरेको नयाँ सर्किट ब्रेकर प्रणाली अनुसार, सूचकांक ४ प्रतिशतले वृद्धि वा गिरावट भएमा पहिलोपटक २० मिनेटका लागि कारोबार रोकिने व्यवस्था गरिएको छ। सोही प्रणाली अनुसार आज पहिलोपटक बजारले सकारात्मक सर्किट अनुभव गरेको हो।

    नेप्सेमा यस किसिमको सकारात्मक सर्किट पहिलो पटक देखिएको हो, जसले लगानीकर्ता माझ उत्साह थपेको छ। बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय राजनीतिक स्थायित्व, मौद्रिक नीतिमा सकारात्मक संकेत, तथा केही ठूला कम्पनीहरूको लाभांश घोषणाले बजारमा आशा जगाएको छ।

    images
    images

    नेप्सेले दिनको बाँकी समयका लागि कारोबार पुनः सुचारु गर्ने बताएको छ। यदि सूचकांक अझै पनि क्रमशः ५ र ६ प्रतिशतसम्म उकालो लाग्ने हो भने दोस्रो र तेस्रो चरणको सर्किट पनि लाग्न सक्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend