images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २...

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ३९ हजार नाघ्यो

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ३९ हजार नाघ्यो

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, नेपालमा सुन र चाँदीको मूल्यले निरन्तर उकालो यात्रा गर्दै बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले वृद्धि भएर हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।

    images
    images

    महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार २५ रुपैयाँमा कारोबार भएको छ।

    images
    images

    लगातारको मूल्य वृद्धिले बजारमा सुनचाँदीको कारोबारमा केही प्रभाव देखिन थालेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको चहलपहल र डलर विनिमय दरको प्रभावले नेपाली बजारमा समेत मूल्य बढिरहेको विश्लेषण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend