images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई...

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, गत २४ भदौमा काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेश कुमार यादव छन्।

    images
    images

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ परेका यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही परिमाणमा सुनसमेत बरामद गरिएको छ।

    २४ भदौमा भएको ‘जेनजी आन्दोलन’को समयमा देखिएको अव्यवस्थाको फाइदा उठाउँदै एक समूहले बैंकभित्र पसी करोडौं मूल्य बराबरको नगद तथा सुन लुटेको थियो। सोही घटनाको अनुसन्धानको क्रममा श्रेष्ठ र यादवलाई पक्राउ गरिएको हो।

    images
    images

    प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend