images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • सिन्धु विकास बैंकमा सीईओ माग, कति...

सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता ?

सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता ?

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो ।

    images
    images

    बैंकका अनुसार सीईओ बन्नका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । 

    साथै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।  इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र बैंकको इमेल hr@sindhubank.com.np मा आवेदन पेस गर्नुपर्नेछ ।   आवेदनका साथ उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ । साथै ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको व्यत्तिले आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    images
    images

    व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,  तथ्याकंशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकको भनाइ छ । वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ बर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्ने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend