images

२०८३ आश्विन १६ गते

images
images
images

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images

    बैंकको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। बैंकले प्रस्तावित लाभांश मध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहने जानकारी दिएको छ।

    बैंकका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images

    सिद्धार्थ बैंक विगत केही वर्षदेखि निरन्तर रूपमा शेयरधनीहरूलाई आकर्षक लाभांश दिँदै आएको छ। यस निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend