images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एकैदिन बजारबाट ४० अर्ब खिच्दै राष्ट्र...

एकैदिन बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

एकैदिन बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं ।नेपाल राष्ट्रबैंकले बजारबाट एकैदिन ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

    images
    images

    राष्ट्रबैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि बुधवार नै बोलकबोल हुनेछ । बुधवार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । 

    राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये ५१ खर्ब ९४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसियो ७८.९४ प्रतिशत रहेको छ । जुन राष्ट्रबैंकले ९० प्रतिशतसम्म राख्न सक्ने व्यवस्था गरेको छ । सीडी रेसियो कम हुँदा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानी कम भएको बुझिन्छ ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend