images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • मनी म्युलु नबन्न सर्वसाधारणलाई राष्ट्र बैंकको...

मनी म्युलु नबन्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

मनी म्युलु नबन्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१,नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई मनी म्युलु नबन्न स्पष्ट रूपमा आग्रह गरेको छ। बैंकले मंगलबार जारी गरेको वित्तीय चेतनामूलक सूचनामा अरूले अवैध रूपमा प्राप्त गरेको रकम आफ्नो बैंक खाता मार्फत स्थानान्तरण गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।

    images
    images

    ‘मनी म्युल’ भन्नाले अरूको अवैध रूपमा कमाइएको पैसा आफ्नो खातामा राखेर वा अरूलाई खाता प्रयोग गर्न दिई स्थानान्तरण गरिदिने व्यक्तिलाई जनाइन्छ। यस्तो कार्य गम्भीर कानुनी अपराध हो जसले जेलसम्म पुर्‍याउन सक्छ।

    राष्ट्र बैंकको सूचनामा भनिएको छ, “आफ्नो बैंक खातामा अरूको पैसा राख्दा वा कसैलाई आफ्नो खाता प्रयोग गर्न दिँदा ठूलो जोखिम हुन्छ।” बैंकले खातासम्बन्धी व्यक्तिगत विवरण, पासवर्ड वा खाता नम्बर जस्ता गोप्य जानकारीहरू कसैलाई पनि नदिन आग्रह गरेको छ।

    images
    images

    साथै, राष्ट्र बैंकले लामो समयको सजिलो पैसाु जस्ता प्रलोभनमा नपर्न सुझाव दिएको छ। त्यस्ता स्किमहरू प्रायः अवैध गतिविधिमा संलग्न हुने भएकाले सावधानी अपनाउन र सधैं सचेत रहन बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।

    सूचनाको अन्त्यमा राष्ट्र बैंकले भनेको छ, “खातामा तपाइँको अधिकार, सुरक्षा पनि तपाइँकै जिम्मेवारी हो।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend