काठमाडौँ । असोज २०, प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने जनाएको छ।
कम्पनीले आफ्ना साविकका सेयरधनीहरूका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर ल्याउन लागेको हो। यस हकप्रद सेयरमा असोज १ गतेसम्म कायम रहेका संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्नेछन्।
साथै, कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी समेत गरिरहेको छ। यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।
प्रभु केबलकारले सेयर निष्कासन मार्फत पूँजी वृद्धि गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा थप विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ।




.gif)





