काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।
यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ थियो। एकै दिनमा २,५०० रुपैयाँ को वृद्धि भएको हो। आइतबार मात्रै पनि सुनको भाउमा ७,४०० रुपैयाँ ले उकालो लागेको थियो।




.gif)



