काठमाडौँ । असोज १९, दशैँ बिदा सकिएर आज देखि खुल्ने भनिएको शेयर बजार थप दुई दिनका लागि बन्द गरिएको छ। सरकारले असोज १९ गते आइतबार र असोज २० गते सोमबार सार्वजनिक बिदा घोषणा गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबार बन्द गरेको हो।
देशभर भइरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनाइरहेका बेला सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले आकस्मिक बिदा दिएको हो। भारी वर्षाका कारण धेरै स्थानमा बाढी, पहिरो तथा आवागमनमा अवरोध देखिएको छ।
सरकारको निर्णय अनुसार काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधनहरू पनि रोक लगाइएको छ। दशैँ मनाएर गाउँ गएकाहरू राजधानी फर्कन नसकेपछि यो निर्णय गरिएको जनाइएको छ।
यस अघि नेप्सेले दशैँको औपचारिक बिदा पछि असोज १९ गते आइतबारदेखि कारोबार पुनः सुरु हुने जनाएको थियो। तर आकस्मिक बिदा घोषणा सँगै अब कारोबार असोज २१ गते मंगलबार देखि मात्र हुने भएको छ।




.gif)





