images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • यस्तो छ फलफूल तथा तरकारीको थोक...

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्युनतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ४१, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, आलु रातो (मुडे) प्रतिकिलो रु ४२, आलु सेतो प्रतिकेजी रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ कायम गरिएको छ ।

    images
    images

    यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो रु ९०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १००, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० तोकिएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकेजी रु ६०, भटमास कोसा प्रतिकिलो रु ७०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु २०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो रु ९०, भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

    images
    images

    सखरखण्ड प्रतिकेजी रु ९०, बरेला प्रतिकेजी रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु १०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकेजी रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १०००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ६००, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १३० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २००, स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३००, सुन्तला (भारतीय) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २४०, भुइँकटहर प्रतिगोटा रु १४०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १०० र आभोकाडो प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend