images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • दसैँपछि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, सुन...

दसैँपछि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, सुन तोलामा ७४ सय रुपैयाँले बढ्यो

दसैँपछि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, सुन तोलामा ७४ सय रुपैयाँले बढ्यो

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, दसैँको अवसरमा केही दिन स्थगित रहेको सुनचाँदीको मूल्य निर्धारण आइतबार देखि पुनः सुचारु भएको छ। असोज १२ यता पहिलोपटक निर्धारण गरिएको मूल्यमा सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (असोज १९) का लागि छापावाला सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो। यस हिसाबले सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ ले बढेको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २ हजार ९३० रुपैयाँ पुगेको छ।

    images
    images

    महासंघका अनुसार हाल कायम भएको सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend