images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • चाडपर्वको खर्च सालको पात बेचेरै जुटाउँदै...

चाडपर्वको खर्च सालको पात बेचेरै जुटाउँदै इटहरीका महिलाहरू

चाडपर्वको खर्च सालको पात बेचेरै जुटाउँदै इटहरीका महिलाहरू

images
images
शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • काठमाडौँ । इटहरी सुनसरी,चाडपर्वको सिजन सुरु भएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाका महिलाहरू सालको पात बेचेर परिवारको खर्च जुटाउन व्यस्त देखिएका छन्। विशेषगरी इटहरी ४ की कृष्णकुमारी विक र इटहरी ७ की इन्द्रदेवी घिमिरे जस्ता महिलाहरूले सालको पात सङ्कलन र बिक्रीलाई आम्दानीको भरपर्दो माध्यम बनाएका छन्।

    images
    images

    कृष्णकुमारी विकले उदयपुरको गाईघाटबाट सालका पात ल्याएर इटहरीका हटिया बजारहरूमा बिक्री गर्दै आएकी छन्। अन्य समय सामान्य मजदुरी गरे पनि, चाडपर्व सुरु हुने भदौ महिना देखि मङ्सिर सम्म उनले यही व्यवसायलाई प्राथमिकता दिने बताइन्। विकका अनुसार एक हप्तामा उनी रु ८,००० देखि रु १०,००० सम्मको पात बिक्री गर्छिन्।

    त्यस्तै, चार वर्षदेखि सालको पात बिक्री गर्दै आएकी इन्द्रदेवी घिमिरेले पनि गाईघाटबाट पात ल्याएर बिक्री गर्ने गर्छिन्। उनले दसैं तिहारको समयमा दैनिक ३० देखि ४५ मुठा पात बिक्री हुने बताउँदै यसबाट महिनामा रु ३०,००० देखि रु ४०,००० सम्म आम्दानी हुने जनाइन्। साना मुठा रु ४० देखि ६०, ठूला मुठा रु १०० सम्म बिक्री हुने गरेको उनले बताइन्।

    images
    images

    चाडपर्व, एकादशी, छठजस्ता धार्मिक अवसरहरूमा सालको पातको माग अत्यधिक हुने भएकाले यो व्यवसाय फस्टाउँदै गएको छ। पूजापाठ, भोज, मन्दिर, घरायसी प्रयोजन तथा दुना टपरी निर्माणका लागि सालको पात आवश्यक पर्ने भएकाले सहरी क्षेत्रमा समेत यसको बजार व्यापक रहेको पात व्यवसायमा संलग्नहरूको भनाइ छ।

    तर, पछिल्लो समय ठेलागाडामा फलफूल र तरकारी बेच्नेहरूले पनि पात बेच्न थालेपछि नियमित पात व्यवसायीहरू केही असहज भएको गुनासो गर्छन्। यति हुँदाहुँदै पनि बिना लगानी, फुर्सदको सदुपयोग गर्दै राम्रो आम्दानी हुने भएकाले इटहरीका थुप्रै महिलाहरूले सालको पात सङ्कलन र बिक्रीलाई रोजगारीको माध्यम बनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend