काठमाडौँ — नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले २० प्रतिशत डाउन पेमेन्टमा ‘सिट्रोन सी ३’ खरिद गर्न सकिने योजना ल्याएको छ । यस योजनाअनुसार ८० प्रतिशत फाइनान्स सुविधामा ग्राहकले पेट्रोल भर्सनको सिट्रोन सी ३ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
३६ लाख ५० हजार रुपैयाँ पर्ने यो गाडीलाई सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ । ग्राहकले बाँकी रकम किस्ताबन्दीमा सात वर्षसम्म ईएमआईमार्फत दिन सक्नेछन् । भारतमा बनेको यो गाडीमा १२ सय सीसीको पेट्रोल इन्जिन क्षमता, ८२ पीएस पावर, ११५ एनएम टर्क दिने र १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले बताएको छ ।




.gif)





