images

२०८३ आश्विन १८ गते

images
images
images

आज, टीका लगाउने उत्तम साइत ११ः५३ बजे

आज, टीका लगाउने उत्तम साइत ११ः५३ बजे

images
images
बिहिवार, आश्विन १६ २०८२
बिहिवार, आश्विन १६ २०८२
  • काठमाडौँ । असोज १६, नेपालीहरूको महान चाड विजयादशमी (बडादशैं) आज देशभर मनाइँदै छ। मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापी आशीर्वाद लिने परम्परा अनुसार दशैंको मुख्य दिनलाई विशेष रुपमा मनाइन्छ।

    images
    images

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। समितिका सदस्य डा. बासुदेव कोइरालाका अनुसार, देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको छ।

    टीका ग्रहण गर्दा लगाउने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने परम्परा पनि उल्लेख गरिएको छ। विजयादशमीको दिन, घटस्थापनामा राखिएको जमरालाई समृद्धिको प्रतीक मानी, देवीको प्रसादका रूपमा टाउकोमा राख्ने गरिन्छ।

    images
    images

    राज्य सञ्चालकका लागि उत्तम साइत अनिवार्य
    डा.कोइरालाका अनुसार, “विजयादशमी आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले टीका ग्रहण गर्न साइत आवश्यक पर्दैन, तर राज्य सञ्चालकहरूका लागि भने उत्तम साइतमा नै टीका ग्रहण गर्नु पर्ने परम्परा रहिआएको छ।”

    समितिका अर्का सदस्य देवमणि भट्टराई भन्छन्, “दशैंको टीका लगाउनु अघि दुर्गा विसर्जन अनिवार्य छ। तर, टाढा जानुपर्ने बाध्यतामा परेका व्यक्तिले बिहानै झुल्के घाममा देवी विसर्जन गरेर टीका लगाउन सक्छन्।”

    पूर्णिमासम्म टीका थाप्न सकिने
    आज टीका थाप्न नपाउने व्यक्तिहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका थाप्न सक्नेछन्। कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बस्दै दशैं पर्वको समापन गरिन्छ।

    देशभर यस पर्वलाई सांस्कृतिक र पारिवारिक पुनर्मिलनको अवसरका रूपमा मनाइँदै छ। विदेशमा रहेका नेपालीहरू पनि आपसमा भेला भएर दशैं मनाउने परम्परा जिवित राख्दै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend