काठमाडौँ । असोज १६, राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दू धर्मावलम्बीहरूको महान् चाड विजया दशमी, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा विजया दशमी मनाइने उल्लेख गरेका छन्। उनले यो पर्वमा मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि कामना गरेका छन्।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु।
राष्ट्रपतिको शुभकामना सन्देशमा चाडपर्वले नेपाली समाजमा आपसी एकता, सहिष्णुता र धार्मिक सद्भाव सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।





.gif)





