images

२०८३ आश्विन १८ गते

images
images
images

दशैं सँगै गाउँघरको पुराना सम्झनाहरूले फेरि ढोका ढकढक्याउन थालेको छ।

दशैं सँगै गाउँघरको पुराना सम्झनाहरूले फेरि ढोका ढकढक्याउन थालेको छ।

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काठमाडौँ । असोज १५, दशैं सँगै गाउँघरको पुराना सम्झनाहरूले फेरि ढोका ढकढक्याउन थालेको छ। पिङ खेल्दै, खसी किन्दै, रङ पोतेको गन्धमा रमाउँदै बितेका ती बाल्यकालका दशैंहरू, अझैपनि धेरै नेपालीका लागि अविस्मरणीय छन्।

    images
    images

    के तपाईंलाई याद छ, दशैं आउनु भन्दा केही दिनअघि आँगनका भित्ताहरू माटोले पोत्ने र चिरेका भाँडाहरू माटो र गोबर मिसाएर जस्ताको तस्तै बनाउन खोज्ने ती प्रयासहरू?

    पोतेको बेला सबै परिवारका सदस्यहरू जुट्थे। दिदीबहिनीले रंग मिसाएर भित्तामा नयाँ जीवन फुक्थे, आमा हाँस्दै भन्थिन्, “अब घर पनि चिटिक्क हुनुपर्छ, दुर्गा माताले पाईला राख्ने बास हो।” पिताजीले पुरानो तुलसीको मठ पनि पुनः रंग्याउनु हुन्थ्यो। घर लिपपोत गर्दा सुँगुर गाईका गोबरको गन्ध सम्म प्यारो लाग्थ्यो।

    images
    images

    शहरतिर यो चलन हराउँदै गए पनि, अझै पनि थुप्रै गाउँघरमा यसरी घर पोत्ने परम्परा जीवित छ। आधुनिक रंगहरूले पुराना चलनलाई विस्थापित गरे पनि, ती दिनहरूको माटोको सुगन्ध र मनमा भरिने आत्मीयता, त्यो चाहिँ कहिल्यै मेटिँदैन।

    यस वर्ष पनि धेरै नेपालीहरू काठमाडौं, पोखरा, धरानबाट गाउँ फर्कंदैछन्। साथमा पुराना सम्झनाहरू पनि फर्कंदैछन्, सायद कोही फेरि एकपटक आफ्नै हातले घर पोत्ने चाहना लिएर।

    दशैं त केवल टीका, जमरा र खसीमात्र होइन। यो त घर, आँगन र मन सफा गर्ने पर्व हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend