images

२०८३ आश्विन १९ गते

images
images
images

सयपत्री फूलखेतीको दायरा विस्तार

सयपत्री फूलखेतीको दायरा विस्तार

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • तनहुँ । असोज १५, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेतीको दायरा विस्तार गरेका छन्। यान्चोकटार महिला लघु उद्यमी समूहमा आबद्ध महिलाहरूले यस वर्ष सयपत्री फूलखेती ५० रोपनी क्षेत्रफलमा फैलाएका छन्।

    images
    images

    समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार तीन वर्षअघि २२ रोपनीबाट सुरु गरिएको फूलखेती दोस्रो वर्ष ४० रोपनीमा पुर्‍याइएको थियो भने अहिले ५० रोपनीमा विस्तार गरिएको हो। “बजारको समस्या नभएपछि महिलाहरू अझै बढी आकर्षित भएका छन्,” गुरुङले भनिन्।

    गाउँपालिकाको सहयोगमा फूलको बजारीकरण सहज बनेको र तिहार नजिकिँदै गरेकाले अहिले फूल टिप्न थालिएको पनि उनले जानकारी दिइन्। समूहमा आबद्ध ७० महिलाहरूले फूलखेती गरिरहेका छन्।

    images
    images

    “चाडपर्व तथा अन्य कार्यक्रमका लागि बाहिरबाट फूल आयात गर्न नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले महिलालाई फूलखेतीतर्फ प्रोत्साहित गरेको हो,” अध्यक्ष गुरुङले भनिन्।

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार महिलाहरूलाई फूल खेती गर्ने तरिका, टिप्ने तरिका र माला बनाउने सीपसमेत दिइएको छ।

    गाउँपालिका अध्यक्ष शुक्र चुमानले यो अभियानले महिलाहरूलाई आत्मनिर्भर बन्न टेवा पुर्‍याएको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend