images

२०८३ आश्विन १८ गते

images
images
images

विश्वका कुनकुन देशमा मनाइँन्छ दशैं ?

विश्वका कुनकुन देशमा मनाइँन्छ दशैं ?

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काठमाडौँ । असोज १५, हिन्दू नेपालीहरूको महान चाड दशैं नेपालमा मात्र होइन, अहिले विश्वका विभिन्न देशमा पनि भव्य रूपमा मनाइँदै आएको छ। आश्विन शुक्ल प्रतिपदा देखि नवमीसम्म शक्तिकी प्रतीक देवी दुर्गाको आराधना गरिने यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ मनाउँछन्।

    images
    images

    नेपालमा भव्य परम्परा,नेपालमा दशैं पर्वको सुरुवात घटस्थापनाबाट हुन्छ, जसमा घर–घरमा जमरा राखिन्छ। नवमीसम्म हरेक दिन नौ दुर्गा देवीहरूको पूजा गरिन्छ, शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। सप्तशती (चण्डी) पाठ, महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरी शक्तिपीठहरूमा पूजाआजा गरिन्छ।

    भारतका विभिन्न राज्यमा विविध शैली,भारतका धेरै राज्यमा दशैं पर्व फरक–फरक तरिकाले मनाइन्छः
    पश्चिम बंगालमा नव दुर्गा पूजाको रूपमा मनाइन्छ। सप्तमी, अष्टमी र नवमीका दिन विशेष पूजा गरिन्छ।
    गुजरातमा गरबा नृत्य दशैंको मुख्य आकर्षण हो, जहाँ महिलाहरू रङ्गीन पोशाकमा लौरा नचाउँदै नाच्दछन्।
    दक्षिण भारत,आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दुर्गा, लक्ष्मी र सरस्वतीको आराधना गरिन्छ।
    कश्मीर, हिन्दूहरू नौ दिनसम्म पानी पिएर उपवास बस्छन् र माता भवानीको दर्शन गर्न तालको बीचको मन्दिरमा जान्छन्।

    images
    images

    विदेशमा पनि उत्साहपूर्वक मनाइन्छ
    नेपाल बाहिर पनि जहाँ नेपाली भाषीको बाहुल्यता छ, त्यहाँ दशैं पर्व उल्लासपूर्वक मनाइन्छस्
    बर्मा (म्यानमार) यांगुन, मण्डला, मोगोक, तमुजस्ता सहरहरूमा नेपालीहरूले टिका, जमरा र पूजा गरिन्छ।
    बङ्गलादेश,१४ प्रतिशत हिन्दू जनसंख्या रहेको देशमा नवदुर्गाको पूजा गरिन्छ। यद्यपि, नेपालीबाहेकले टिका लगाउने चलन छैन।
    भुटान, श्रीलंका, इन्डोनेसिया, हिन्दू समुदायले आ(आफ्नो परम्पराअनुसार दशैं मनाउँछन्।

    दशैं अब मात्र नेपाल सीमित नभएर नेपाली डायस्पोरा र हिन्दू धर्मावलम्बी रहेका विभिन्न देशहरूमा मनाइने अन्तर्राष्ट्रिय पर्व बन्दै गएको छ। देवी दुर्गाको शक्ति, आस्था र सांस्कृतिक विविधताको प्रतीकका रूपमा यो पर्वले हिन्दू समुदायलाई विश्वभर एकताबद्ध गराइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend