काठमाडौँ । असोज १५, अर्थात् सन् २०२५ अक्टोबर १ तारिख, बुधबार परेको छ। आजको दिन नवरात्रको नवौं दिन, अर्थात् महानवमी हो। साथै, आजको दिनलाई राष्ट्रिय चलचित्र दिवस र अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा पनि मनाइँदैछ।
हिन्दु धर्मशास्त्र अनुसार, हप्ताको प्रत्येक दिन कुनै न कुनै देवी–देवताको लागि समर्पित मानिन्छ। ती मध्ये बुधबारलाई बुधु ग्रह र विठोभा विठ्ठल (कृष्णको अवतार) को पूजा गरिने दिनका रूपमा लिइन्छ।
बुधबार विशेष पूजा र व्रतको माध्यमबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने धार्मिक विश्वास रहेको छ। यस दिन विशेष तुलसीको पात चढाएर पूजा गर्नुपर्ने मान्यता छ। नयाँ कामको थालनीको लागि पनि बुधबारलाई अति शुभ दिन मानिन्छ।
बुधबार गरिने धार्मिक कर्महरू जसले जीवन समृद्ध बनाउँछः
गाईलाई हरियो घाँस खुवाउनेः हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। बुधबार गाईलाई हरियो घाँस खुवाउँदा सम्पूर्ण देवी(देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ।
मुंगको दाल दानः बुध ग्रहको दोष निवारण तथा शान्तिका लागि बुधबार मुंगको दाल दान गर्नु लाभदायी मानिन्छ।
गणेशलाई सिन्दुर चढाउनेः बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा इच्छित फल प्राप्त हुने धार्मिक विश्वास छ।
लड्डु चढाउनेः कुण्डलीमा बुध दोष भएकाले बुधबार गणेशलाई लड्डु चढाउँदा फलदायी हुने जनाइएको छ।
आजको दिन विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्व बोकेको छ। श्रद्धा, सेवा र सम्मानको भावनाले आजको दिनलाई अझ सार्थक बनाउन सकिन्छ।




.gif)





