images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • इन्धनको नयाँ मूल्य,चाडपर्वमा इन्धनको मूल्यवृद्धिको असर...

इन्धनको नयाँ मूल्य,चाडपर्वमा इन्धनको मूल्यवृद्धिको असर बेहोर्नु नपर्ने

इन्धनको नयाँ मूल्य,चाडपर्वमा इन्धनको मूल्यवृद्धिको असर बेहोर्नु नपर्ने

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ। भारतले इन्धनको मूल्य समायोजन गरी नयाँ मूल्य सूची पठाएको भए पनि उपभोक्तालाई तत्काल प्रभाव नपर्ने गरी खुद्रा मूल्य यथावत राखिएको हो।

    images
    images

    मंगलबार साँझ निगमले एक विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ०.२४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टितेलमा २ रुपैयाँ ३९ पैसा, हवाइ इन्धनमा ३ रुपैयाँ ३९ पैसा तथा एलपीजी ग्यासमा प्रति सिलिण्डर ३ रुपैयाँ ६० पैसा मूल्य वृद्धि भएको जनाएको छ।

    images
    images

    तर, चाडपर्वको समयमा जनतालाई थप बोझ नपरोस् भन्ने उद्देश्यले मूल्य समायोजन नगर्ने निर्णय गरिएको निगमले स्पष्ट पारेको छ। निगमका अनुसार देशभर सहज आपूर्ति सुनिश्चित गर्न मूल्य स्थिरता कायम राखिएको हो।

    यस निर्णयबाट आम उपभोक्ताले चाडपर्वमा इन्धनको मूल्यवृद्धिको असर बेहोर्नु नपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend