images

२०८३ आश्विन १८ गते

images
images
images

ताप्लेजुङमा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ हुने

ताप्लेजुङमा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ हुने

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । असोज १४, युवा पुस्ताका चर्चित कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा असोज २५ गते शनिबार ताप्लेजुङमा ‘कविता कन्सर्ट’ आयोजना हुने भएको छ।

    images
    images

    बाल मन्दिर आधारभूत विद्यालय अन्तर्गत सञ्चालनमा रहेको अपाङ्ग बाल आवास गृह तथा नेपाल नेत्रहीन संघमा आबद्ध व्यक्तित्वहरूको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको संयोजक सागर मादेनले जानकारी दिए। मादेन लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष समेत हुन्।

    उनका अनुसार ‘शब्दले हृदय जोड्ने’ मूल मन्त्रका साथ होटल जन्नु इनको सभाहलमा कार्यक्रम आयोजना गरिनेछ। प्रवेश टिकटको दर जनही २ सय रुपैयाँ तोकिएको छ।

    images
    images

    यसअघि असोज ६ गतेका लागि तय गरिएको कार्यक्रम देशको पछिल्लो परिस्थितिका कारण स्थगित गरी असोज २५ गतेका लागि सारिएको आयोजकले जनाएको छ।

    नवराज पराजुली कविता लेखन र बाचन शैलीका कारण विशेष चर्चामा रहेका साहित्यकार हुन्। निजी जीवनका अनुभूतिहरूमा आधारित उनका अधिकांश कविताले युवा पुस्तालाई विशेष आकर्षित गर्दै आएका छन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर पराजुलीको ‘सगरमाथाको गहिराई’ नामक कृति पद्मश्री पुरस्कार प्राप्त पुस्तक हो।

    कविताप्रति सामान्य चासो राख्नेहरूलाई समेत पराजुलीको प्रस्तुतीले मोहित बनाउने गरेको पाइन्छ। आयोजकले जनाए अनुसार पराजुली ताप्लेजुङ भ्रमणलाई पूर्णतः परोपकारी उद्देश्यका लागि समर्पण गर्ने प्रतिबद्धताका साथ आउन लागेका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend