images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • नेता महेश बस्नेतमाथि साइबर अनुसन्धान अघि...

नेता महेश बस्नेतमाथि साइबर अनुसन्धान अघि बढ्ने

नेता महेश बस्नेतमाथि साइबर अनुसन्धान अघि बढ्ने

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । असोज १४, नेकपा एमालेका नेता महेश बस्नेत माथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको साइबर ब्युरोलाई अनुसन्धानका लागि पत्र पठाएको हो।

    images
    images

    स्रोतका अनुसार, एक महिलाले केही समयअघि हुलाक मार्फत् जाहेरी दिएकी थिइन्, जसमा बस्नेतले सामाजिक सञ्जाल मार्फत आपत्तिजनक गतिविधि गरेको आरोप लगाइएको छ। साइबर ब्युरोले उक्त जाहेरी प्रारम्भमा तामेलीमा राखेको थियो। त्यसपछि ती महिलाले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्।

    सरकारी वकिलको कार्यालयले सोही निवेदनको आधारमा असोज ५ गते पत्र लेखी, साइबर ब्युरोलाई थप अनुसन्धान गरी राय पेस गर्न निर्देशन दिएको हो। साइबर ब्युरोका एक अधिकारीले उक्त पत्र आफूहरूले प्राप्त गरिसकेको र त्यसअनुसार अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

    images
    images

    जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीद्वारा पठाइएको उक्त पत्रमा, महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयवस्तुबारे अनुसन्धान गर्न उल्लेख छ। साथै, ‘महेश बस्नेत फ्यान क्लब’ नामक फेसबुक पेज कसको नाममा खोलिएको हो भन्ने विषयमा समेत अनुसन्धान गर्न भनिएको छ।

    हाल अनुसन्धान प्रारम्भिक चरणमा रहेको र आवश्यक परे बस्नेतलाई बयानका लागि बोलाउने सकिने साइबर ब्युरो स्रोतले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend