images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सिटी मार्केटका व्यवसायीलाई ३ महिनाभित्र पसलहरू...

सिटी मार्केटका व्यवसायीलाई ३ महिनाभित्र पसलहरू खाली गर्न महानगरको निर्देशन

सिटी मार्केटका व्यवसायीलाई ३ महिनाभित्र पसलहरू खाली गर्न महानगरको निर्देशन

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, काठमाडौं महानगरपालिकाले सिटी मार्केट खाली गर्न त्यहाँ व्यापार गर्दै आएका व्यवसायीहरूलाई तीन महिनाको अल्टिमेटम दिएको छ। महानगरको राजस्व विभागद्वारा जारी सार्वजनिक सूचनामा, सिटी मार्केटमा रहेका सबै पसलहरू खाली गर्न निर्देशन दिइएको छ।

    images
    images

    महानगरका अनुसार, सिटी मार्केटको व्यवस्थापन सन् २०७९ पुस २२ गते गणेश इलेक्ट्रोनिक्स सँग आय ठेक्कामा गरिएको थियो। तर सम्झौता अनुसार अपेक्षित प्रगति नभएको, र वडा कार्यालयको नयाँ भवन निर्माणको माग आएपछि सिटी मार्केट भत्काउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

    भदौ १५ गतेको नगर कार्यपालिकाको बैठकले, गणेश इलेक्ट्रोनिक्सले वार्षिक २ करोड ७१ लाख रुपैयाँको कबोल गरेअनुसार पसलहरूको संख्याको अनुपातमा बाँकी रकम दाखिला गरेपछि मात्र धरौटी फिर्ता गरिने निर्णय गरेको छ।

    images
    images

    हाल सिटी मार्केटमा २७ जना व्यवसायीले व्यापार सञ्चालन गरिरहेका छन्। उनीहरूलाई तीन महिनाभित्र वैकल्पिक स्थानमा सरेर सिटी मार्केट खाली गर्न भनिएको छ। यस निर्णयले व्यवसायीहरू अन्योलमा परेका छन्, तर महानगरले भने सार्वजनिक हित र पूर्वनिर्धारित योजनाअनुसार अघि बढ्ने स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend