काठमाडौँ । असोज १२,धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ता गर्न असोज ७ गते आयोगमा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको नाममा दल दर्ताको निवेदन परेको छ। हाल आयोगले आवश्यक जाँचबुझ प्रक्रिया अगाडि बढाइरहेको छ।
साम्पाङले यस अघि आफैं नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका थिए। तर, दल दर्ताका लागि आयोगमा निवेदन दिएको कुरा भने हालै मात्र खुलेको हो।
सूचना अधिकारी घिमिरेका अनुसार, रित पूरा गरेर आएको निवेदन दर्ता गर्नैपर्छ। दसैं बिदा सुरु भएकाले, यदि सबै प्रक्रिया पूरा भएको छ भने दसैंपछि दर्ता प्रक्रिया टुंगिन सक्छ।




.gif)





