images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से दोहोरो अंकले उकालोः दशैंअघिको अन्तिम...

नेप्से दोहोरो अंकले उकालोः दशैंअघिको अन्तिम कारोबारमा उत्साहजनक वृद्धि

नेप्से दोहोरो अंकले उकालोः दशैंअघिको अन्तिम कारोबारमा उत्साहजनक वृद्धि

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज १२, दशैंको लामो बिदाअघि भएको आइतबारको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। कारोबारको अन्त्यमा नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको हो।

    images
    images

    आजको दिन कुल ३१४ वटा स्क्रिप्टको ७५ लाख ११ हजार १९३ कित्ता सेयर किनबेच भएको छ, जसबाट कुल कारोबार रकम २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँ पुगेको छ।

    अब दशैं बिदा सुरु हुने भएकाले सेयर बजार असोज १९ गते आइतबार मात्र पुनः खुल्नेछ।

    images
    images

    १७० स्टकको मूल्यमा वृद्धि
    आजको बजारमा १७० वटा स्टकको मूल्य बढ्दा ६९ वटा स्टकको मूल्य घटेको छ भने १२ वटा स्टकको मूल्य स्थिर रह्यो।
    ग्लोबल आईएमई समुन्नत योजना–२ ले सकारात्मक सर्किट लेभलमा कारोबार गरेको छ, जुन लगानीकर्ताका लागि उत्साहजनक संकेत हो।

    युनियन हाइड्रोपावरको दबदबा
    कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
    यसैगरी, नेपाल रिइन्स्योरेन्सको ११ करोड रुपैयाँ, र शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बराबरको कारोबार भयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend