काठमाडौैँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला २,२२,५०० रूपैयाँमा कारोबार भएको सुन आइतबार २,२३,२०० रूपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भई आइतबार प्रतितोला ७० रूपैयाँले बढेर २,८१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुनको मूल्य प्रतिऔंस ३,७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको असर स्थानीय बजारमा समेत परेको अनुमान गरिएको छ।




.gif)





