काठमाडौँ । असोज ११, भोजपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयले आफ्ना सेवा प्रक्रियाहरूलाई डिजिटल बनाउँदै अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। राजस्व लगायतका सबै प्रकारका भुक्तानीहरू अबदेखि डिजिटल माध्यम मार्फत गर्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख रमेश ढकालका अनुसार, सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने उद्देश्यले गत साउन १ गतेदेखि क्यूआर कोड मार्फत अनलाइन भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरिएको हो। सेवाग्राहीहरूलाई काम गर्ने क्रममा कुनै असुविधा नहोस् भनेर डिजिटल भुक्तानी प्रणाली लागू गरिएको हो, प्रमुख ढकालले जानकारी दिनुभयो।
कार्यालयले स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको अधिकतम उपयोग गर्न लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिइरहेको छ। साथै, स्व–रोजगार सिर्जना र स्थानीयस्तरमै रोजगारीका अवसरहरू विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।




.gif)





