काठमाडौँ । असोज १०, पूँजी बजारमा सुधार ल्याउने उद्देश्यले अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले डिम्याट खाता खोल्ने सीमामा रहेको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ।
हालको व्यवस्था अनुसार एउटै व्यक्तिले दुईवटा सम्म मात्र डिम्याट खाता खोल्न पाउँथे। तर कार्यदलले यो प्रावधान व्यवहारिक नभएको ठहर गर्दै, नयाँ प्रविधिको प्रयोग, लगानी विविधता र कारोबार सहजता बढाउने हेतुले यस्तो सीमा हटाउनुपर्ने सुझाव दिएको हो।
यस सिफारिस कार्यान्वयनमा आएमा अब एक व्यक्तिले आवश्यकता अनुसार धेरै डिम्याट खाता खोल्न सक्नेछन्, जसले लगानीकर्तालाई थप सहजता दिने अपेक्षा गरिएको छ।




.gif)





