images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली लागू,...

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली लागू, कागजी प्रक्रिया अन्त्य

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली लागू, कागजी प्रक्रिया अन्त्य

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । अबदेखि अर्थ मन्त्रालयका सम्पूर्ण टिप्पणी, निर्णय प्रक्रिया र स्वीकृति कार्यहरू पूर्णरूपमा डिजिटल प्रणाली मार्फत सञ्चालन हुने भएका छन्।

    images
    images

    अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउँदै मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली औपचारिक रूपमा लागू गरिएको घोषणा गरेका हुन्। मन्त्री खनालका अनुसार आज (असोज १०) देखि मन्त्रालय भित्रका आन्तरिक फाइलिङ, टिप्पणी, तथा स्वीकृति लिन–दिने सम्पूर्ण प्रक्रिया अनलाइन प्लेटफर्म मार्फत मात्र हुनेछ।

    उनका अनुसार, यो प्रणालीले समय, लागत र श्रमको बचत मात्र होइन, निर्णय प्रक्रियामा पारदर्शिता र सुरक्षामा समेत वृद्धि गर्नेछ।

    images
    images

    अब मन्त्रालयका कुनै पनि फाइल वा निर्णय कागजमा होइन, डिजिटल माध्यमबाट मात्र अघि बढ्नेछन्, मन्त्री खनालले भनेका छन्, हामीले प्रशासनिक कार्यलाई छिटो, सरल र उत्तरदायी बनाउने दिशामा ठूलो कदम चालेका छौँ।

    सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई टेवा दिनेगरी गरिएको यो परिवर्तनले निजी तथा सार्वजनिक क्षेत्रको समन्वय, द्रुत सेवाप्रवाह र डिजिटल अभिलेख व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend