images

२०८३ आश्विन १६ गते

images
images
images

वीरगञ्ज नाकाबाट दुई महिनामा रु १७ अर्ब तीन करोडको निर्यात

वीरगञ्ज नाकाबाट दुई महिनामा रु १७ अर्ब तीन करोडको निर्यात

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । असोज १०, वीरगञ्ज,चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब ३ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो निर्यात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो।

    images
    images

    गत आवको पहिलो दुई महिनामा यहाँबाट रु ६ अर्ब ५ करोड बराबरको वस्तु निर्यात भएको थियो भने चालु आवको सोही अवधिमा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु निर्यात भई निर्यातमा १८१ प्रतिशतले वृद्धि भएको छ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले निर्यात उत्साहजनक रहेको बताउँदै भने, “गत आवको तुलनामा चालु आवमा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १ः२० बाट सुधार भएर १ः६० मा पुगेको छ।”

    images
    images

    चालु आवको दुई महिनामा रु ८ अर्ब ८४ करोड मूल्य बराबर ४ करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ भने गत आवमा सोही अवधिमा मात्र ४८० लिटर (रु ३ लाख मूल्य बराबर) मात्र निर्यात भएको थियो।

    त्यस्तै, फलफूलको जुस निर्यातमा केही कमी आएको छ, जहाँ चालु आवको दुई महिनामा रु १ अर्ब २४ करोड मूल्य बराबर १ करोड २६ लाख ९५ हजार ७३२ लिटर जुस निर्यात भएको छ भने गत आवको सोही अवधिमा रु १ अर्ब २९ करोड मूल्य बराबर १ करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो।

    सूर्यमुखीको प्रशोधित तेलको निर्यात भने चालु आवमा उल्लेख्य वृद्धि भएको छ, जहाँ रु १ अर्ब १७ करोड मूल्य बराबर ३ करोड ४१ लाख १३ हजार २३० लिटर तेल निर्यात भएको छ। गत आवमा भने नगन्य मात्रामा मात्र निर्यात भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend