images

२०८३ आश्विन १८ गते

images
images
images

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई चार्जिङ स्टेशन हस्तान्तरण

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । असोज ९, कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत मेची आँखा अस्पताल, झापामा २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ।

    images
    images

    बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बैंकको यस सहयोग प्रति आभार व्यक्त गर्दै, यो सुविधाले अस्पतालमा उपचारका लागि आउने बिरामीहरू, विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई सहजता पुग्ने विश्वास व्यक्त गरे।

    उनले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम प्रति प्रशंसा गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। बैंकले यस्ता सामाजिक क्रियाकलाप मार्फत समुदायमा आफ्नो उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend