काठमाडौँ । असोज ९, बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सामान्य अंकले घटेको छ। नेप्से २.३५ अंकले घटेर २,६५२.०० बिन्दुमा पुगेको हो।
आजको कारोबारमा कुल १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ। बाँकी ५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
साताको अन्तिम कारोबार दिन सबैभन्दा धेरै कमाउने कम्पनी हिमस्टार उर्जा लिमिटेड रह्यो, जसको शेयर मूल्य १० प्रतिशतले बढेको हो। यसैदिन सबैभन्दा धेरै गुमाउने कम्पनी भने सिटी होटल लिमिटेड रह्यो, जसको शेयर मूल्य ७.५५ प्रतिशतले घटेको हो।




.gif)





