images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • पुँजी बजार सुधारका लागि गठित कार्यदलले...

पुँजी बजार सुधारका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

पुँजी बजार सुधारका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । असोज ९, पुँजी बजारमा देखिएको अस्थिरता र लगानीकर्ताको मनोबल कमजोर भएको पृष्ठभूमिमा गठित कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाएको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले बजारको समस्याको समिक्षा गर्दै सुधारका उपाय सहितको प्रतिवेदन तयार पारेको हो। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्। निरौलालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

    हालैको ‘जेनजी आन्दोलन’ पछि एक साता बन्द भएको शेयर बजार खुलेपछि बिहीबार १६० अंकले गिरावट आएको थियो। त्यसपछिको परिस्थितिमा अर्थ मन्त्रालयले बजार स्थायित्वका लागि तत्काल कदम चालेको थियो। अर्थमन्त्री खनालले पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए अनुसार कार्यदलले समयमै प्रतिवेदन बुझाएको हो।

    images
    images

    स्रोतका अनुसार प्रतिवेदनमा पुँजी बजारमा देखिएको विसङ्गति, नियमनको खुकुलो व्यवस्था, सूचनाको अभाव, लगानीकर्तामा फैलिएको अन्योल जस्ता प्रमुख समस्यालाई पहिचान गर्दै प्रणालीगत र प्रक्रियागत सुधारका उपायहरू समेटिएका छन्।

    अर्थ मन्त्रालयले प्रतिवेदन चाँडै सार्वजनिक गर्ने र मन्त्रालयको वेबसाइट मार्फत सर्वसाधारणको पहुँचमा ल्याउने तयारी गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend